कागे फुटबल : उपाधिको लागि सन्दकपुर–३ र जमुना भिड्ने

Share :

इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको उपाधिको लागि सन्दकपुर–३ सुलुबुङ र जमुना फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न सेमीफाइनल खेलमा सुलुबुङले सन्दकपुर एफसी र जमुनाले इलाम नगरपालिका—६ लाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् ।

पहिलो सेमीफाइनल खेलमा सडनडेथमा सन्दकपुरलाई हराउँदै सुलुबुङले कम्तीमा ७५ हजार सुरक्षित गरेको छ । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोश्रो सेमीफाइनलमा छिरिङ गुरुङ निर्णायक बन्दा जमुनाले इलामलाई १-० गोल अन्तरले हराए ।

दोश्रो हाफको सुरुवातमा छिरिङले गोल गरेका थिए । खेलमा पछि परेको केही मिनेट नवित्दै इलामका हरि सिटौला विवादमा उत्रिएपछि खेल रोकिएको थियो ।


त्यसपछि इलामको टिम खेल मैदान छाडेर हिडेपछि जमुनाले फाइनलमा स्थान बनाएको हो । आइतबार फाइनल खेल हुनेछ । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय