अर्जुनधारामा एमाले र राप्रपाको संयुक्त कार्यकर्ता भेटघाटले पायो तिब्रता

Share :

अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने अर्जुनधारा नगरपालिकामा नेकपा एमाले र राप्रपाले संयुक्त कार्यकर्ता भेटघाटलाई तिब्र पारेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि दुवै पार्टीले संयुक्त कार्यक्रर्ता भेटघाटलाई तिब्र बनाएको हो ।

झापा निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ अन्र्तगत पर्ने अर्जुनधारा नगरपालिकामा कात्तिक २ गतेबाट सुरु भएको संयुक्त कार्यक्रर्ता भेला निरन्तर चलिरहेको छ । आज शुक्रबार अर्जुनधारा नगरपालिकाको ५ र ७ नम्बर वडामा दुवै पार्टीको संयुक्त कार्यक्रर्ता भेटघाट सम्पन्न भएको हो ।

यसअघि कात्तिक २ गते १ र ४ नम्बर वडामा संयुक्त कार्यक्रर्ता भेला गरेको दुवै पार्टीले, कात्तिक ३ गते २ र ३ नम्बर वडामा संयुक्त कार्यक्रर्ता भेला सम्पन्न गरेको थियो ।


नेकपा एमाले र राप्रपाका अगुवा कार्यक्रताहरुको सहभागिता रहेको भेलामा उम्मेदवारहरुसंगै दुबै दलका नेताहरुले आफ्ना धारणा राख्ने गरेका छन् ।

झापा निर्वाच क्षेत्र नम्बर २ मा नेकपा एमालेले प्रतिनिधिसभा सदस्य पदका लागि पार्टीका स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एमालेले प्रदेश कमिटी सदस्य एकराज कार्कीलाई उम्मेदवार बनाएको छ । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा एमालेले पार्टीका प्रदेश कमिटी सचिव चिन्तन पाठकलाई उम्मेदवार बनाएको छ ।

राप्रपासंग तालमेल गरेको एमालेलाई झापा निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा र प्रदेशसभामा राप्रपाले सघाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय