खुदुनाबारीमा वृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम हुने

Share :

खुदुनाबारी । झापाको खुदुनाबारीमा वृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम हुने भएको छ । तिहार पर्वको अवसरमा कार्तिक ६ गते आईतबार सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था युथ अफ खुदुनाबारीले वृहत खुदुनाबारी सांंस्कृतीक सांगीतिक कार्यक्रम २०७९ गर्ने भएको हो ।

कार्यक्रममा लोपोन्मुख जातजातिका मौलिक कला हुर्रानाच, च्याब्रुङ नाच, तामाङ सेलो, चण्डी नाच, मारुनी नाच, पन्चे बाजा लगायतका सांस्कृतिक प्रर्दशन हुने आयोजक संस्था युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले जानकारी दिनुभयो ।

त्यस्तै नेपाली मौलिक भेषभुषा र कला संस्कृती झल्कने अन्य बिभिन्न प्रदर्शनहरु हुने बताइएको छ । कार्यक्रममा अर्जुनधाराका नगरपालिकाका सबै वडा बाट एक वडा एक पहिचान सहितका प्रतिभा समेत सहभागि गराइने आयोजकले बताएको छ ।


सोही दिन साँझ अधुनिक सांगीतिक कार्यक्रमको समेत आयोजना गरिने बताईएको छ । कार्यक्रममा भ्वोइस अफ नेपाल गायक राम लिम्बु, गायक बादल लिम्बु, निमा तामाङ, देव राना मगर, कलाकार विन लिम्बु, चन्दा दाहाल लगायतका राष्ट्रिय तथा स्थानीय स्तरका विभिन्न कलाकारहरुले प्रस्तुति दिने बताइएको छ ।

अनाथ असाहय बालबालिकाको शिक्षा, स्वास्थ्य साथै लागुऔषध र्दुव्यशनी न्यूनिकरण गर्न सहयोग पुर्याउने उदेश्य राखेर कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले जानकारी दिनुभयो ।

अर्जुनधारा नगरबासिको माझँ वृहत सांंस्कृतीक सांगीतिक साझँ भन्ने नाराका साथ संचालन हुने कार्यक्रमको सारेगम कला केन्द्र र अर्जुनधारा डान्स एकाडेमी सह-आयोजक रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय