कागे फुटबल : सन्दकपुर एफसी र जमुना सेमीफाइनल प्रवेश

Share :

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको सेमीफाइनलमा सन्दकपुर एफसी र जमुना एफसी प्रवेश गरेका छन् । गजाधर धनमाया रंगशालामा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा ढापपोखरी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदे सन्दकपुरले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

सन्दकपुरको जितमा सुरज राईले दोश्रो हाफको २६ औ र ३० औ मिनेटमा गोल गरे । त्यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा सन्दकपुर–१ लाई ४–० गोल अन्तरले हराउँदै जमुनाले समेत सेमीफाइनलमा सुरक्षित गरेको छ । जमुनाको जितमा छिरिङ गुरुङले ह्रयाट्रिक गरे । आशिष राईले थप १ गोल गरे ।

पहिलो हाफको १३ औ मिनेटमा आशिषले जमुनालाई सुरुवाती अग्रता दिलाएका थिए । दोश्रो हाफको छैटौ, २० औ र २५ औ मिनेटमा गोल गर्दै छिरिङले ह्रयाट्रिक पुरा गरे । जारी प्रतियोगिताको यो दोश्रो ह्रयाट्रिक हो । यसअघि माबुका अभय धिमालले नयाँबजार एफसी विरुद्ध ह्रयाट्रिक गरेका थिए ।


तेश्रो क्वाटरफाइनल खेलमा युनाइटेड इलाम र सन्दकपुर–३ तथा सन्दकपुर खेल संघ सन्दकपुर–४ माबु र इलाम नगरपालिका–६ बिच प्रतिस्पर्धा हुनेछ । आगामी कार्तिक ६ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय