विकासका अधुरा काम पुरा गर्न एमालेलाई मत­ -देवराज घिमिरे

Share :

बुद्धशान्ति । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले अधुरा रहेका विकासको काम पुरा गर्न नेकपा एमालेको आवश्यक्ता रहेको बताउनु भएको छ ।

बुद्धशान्ति गाउँपालिका ३ मा आयोजित वडा स्तरीय नेकपा एमाले र राप्रपाको संयुक्त कार्यक्रता भेलालाई आज मंगलबार सम्बोधन गर्दै नेकपा एमालेको तर्फबाट झापा २ मा उम्मेदवार बन्नु भएका घिमिरेले विकासका काम पुरा गर्न एमालेलाई मत दिनुपर्ने बताउनु भएको हो ।

उहाँले एमाले सरकारले ल्याएका धेरै महत्वपूर्ण योजनाहरु गठबन्धन सरकारले खारेज गरेको र सुरु भएका कतिपय विकासका योजना अहिले अलपत्र रहेको बताउनुभयो । एमाले सरकारले कार्यन्वयन गरेको स्वास्थ्य विमा कार्यक्रमलाई अहिलेको गठबन्धन सरकारले प्रथमिकता नदिदाँ नागरिकले अझैबढी सास्ती भोग्नु परेको उहाँले बताउनु भयो ।


विद्यालय पोशाक, दिवा खाजा लगायतका कार्यक्रहरु एमाले सरकारले नै लागु गरेको भन्दै उहाँले अहिलेको सरकारले त्यस्ता राम्रा र महत्वपूर्ण कार्यक्रमहरुलाई समेत उपेक्षा गरेको आरोप लगाउनु भयो । मुलुकलाई विकास र समृद्धीको दिशामा नेकपा एमाले वाहेक अन्य दलले पुर्याउन नसक्ने उहाँको भनाई थियो ।

एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज समेत रहनु भएको घिमिरेले राष्ट्रभक्ति पार्टीहरुले मात्रै देशलाई विकास र समृद्धीको दिशामा लान सक्ने भएकाले आगामी चुनावमा राप्रपा नेपालसंग तालमेल गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय