एमालेले गरेका काम जनतालाई सम्झाई दिए पुग्छ -­चिन्तन पाठक

Share :

बुद्धशान्ति । नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर १ को प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले एमालेले गरेका काम जनतालाई सम्झाई दिएमात्रै पनि निर्वाचनमा एमाले उम्मेदवार सहजै विजयी हुने बताउनु भएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका पाठकले आज बुद्धशान्ति गाउँपालिका ३ मा आयोजित संयुक्त कार्यक्रता भेलामा कार्यक्रताहरुलाई एमाले सरकारले गरेका काम जनतालाई बुझाउन आग्रह समेत गर्नुभयो ।

नेकपा एमाले प्रदेश १ का सचिव पाठकले मुलुकको समग्र विकासमा एमालेले खेलेको भुमिका कतिपय मतदातालाई थाहा हुन नसक्ने भएकाले मतदाताहरुलाई एमालेले गरेको राम्रा कामहरुको बारेमा जानकारी दिनुपर्ने बताउनुभयो ।


उहाँले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषी, रोजगारी लगायता समग्र क्षेत्रमा एमाले सरकारले खेलेको भुमिकाका कारण आज सबै नेता कार्यक्रताहरुले शिर ठाडो पारेर हिड्न सक्ने अवस्था रहेको बताउनुभयो ।

नेता पाठकले एमाले सरकारले अघि सारेको सडक निर्माण अन्तर्गतका मात्रै १४ सय योजना गठबन्धन सरकारले खारेज गरेको भन्दै अब पुनः एमालेको नेतृत्वमा निर्माण हुने सरकारले मुलुकलाई समृद्धीको दिशामा लैजाने बताउनुभयो ।

उहाँले एमाले सरकारमा हुँदा गरेको राम्रा कामकै कारण स्थानीय तहको निर्वाचनमा गठबन्धनसंग एक्लै भिडेपनि जनताले उत्कृष्ट मत दिएको बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा प्रदेश १ मा मात्रै एमालेले गठबन्धन दलहरुको भन्दा ४ सय बढी सिटमा जित हात पारेको भन्दै नेता पाठकले संघ र प्रदेशको निर्वाचन पनि एमालेका उम्मेदवारहरु सहजै विजयी हुने धारणा राख्नुभयो ।

राष्ट्रियताको सवालमा विचार मिलेकाले एमालेले आगामी मंसिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनमा राप्रपा र जसपासंग तालमेल गरेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय