बिर्तामोड नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सम्मिलित पुस्तक सार्वजनिक

Share :

झापा । बिर्तामोड नगरपालिकाले आर्थिक बर्ष २०७९/८० का लागि बनाइएको नीति, बजेट तथा कार्यक्रम सम्मिलित पुस्तक सार्वजनिक गरेको छ ।

सोमबार नगरपालिकाको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने लगायत जनप्रतिनिधिहरूले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नु भएको हो ।

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले ठूला कार्यक्रम गर्न बन्चित गराएकाले पत्रकार सम्मेलनमार्फत पुस्तक सार्वजनिक गरिएको नगर प्रमुख पवित्रा महतारा प्रसाईंले बताउनुभयो । उहाँले पुस्तकमा रहेका नीति, बजेट तथा कार्यक्रम पालनाका निम्ति नगरपालिकाको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभयो ।


नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले राजनीतिक दलका प्रतिनिधिहरूको संलग्नता हुन पाउँदा अझ कार्यक्रमको प्रभावकारिता बढ्ने भए पनि निर्वाचन आचारसंहिताका कारण खुम्चिनु परेको बताउनुभयो।

यस्तै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नीति तथा बजेट निर्माणमा सकारात्मक भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

बिर्तामोड नगरपालिकाको चालु आ.ब. ०७९/०८० को लागि कुल बजेट १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० (सामाजिक सुरक्षाको बजेट समेत गरेर) रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय