विर्तामोडमा दुईवटा मोटरसाइकल ठक्कर, दुवै चालकको मृत्यु

Share :

बिर्तामोड । झापाको चारपाने बेलडाँगीस्थित भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एक नाबालिकासहित दुईजना घाइते भएका छन् ।

अपरान्ह ४.४५ बजेतिर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ५ प १६०४ नं को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे ३ प ५५८० नं को मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा परी मे ५प १६०४ नं को मोटरसाइकलका चालक बाह्रदशी २ बस्ने २५ वर्षिय अनिश साउदेन र मे ३ प ५५८० नं को मोटरसाइकलका चालक बाह्रदशी ६ का ४३ वर्षिय भोलाराज भुजेलको मृत्यु भएको हो ।

दुवैको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।


दुर्घटनामा मे ३ प ५५८० नं को मोटरसाइकलमा सवार मृतक भुजेलकी श्रीमती ४२ वर्षिया चन्द्रकला भुजेल र छोरी ९ वर्षिया प्रसन्ना भुजेल घाइते भएका छन् । उनीहरुको विर्तामोडको विर्तासिटी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय