गठबन्धन दलका विद्यार्थीहरुको प्रचार समिति गठन

Share :

विर्तामोड । गठबन्धनमा आबद्ध दलका विद्यार्थीहरुको संयुक्त भेला विर्तामोडमा सम्पन्न भएको छ । नेपाली कांग्रेस आबद्ध नेपाल विद्यार्थी संघ, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन र नेकपा एस निकट अनेरास्ववियुको संयुक्त जिल्ला भेला सम्पन्न भएको हो ।

भेलाले गठबन्धन दलका उम्मेद्वारहरुको पक्षमा प्रचार–प्रसार अभियान तीब्र पार्दै जनलहर सिर्जना गर्ने उद्देश्यले पाँच सदस्यीय जिल्ला संयन्त्र गठन गरेको छ । नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको संयोजकत्वमा गठित समितिको सहसंयोजक रञ्जन धमला, सचिव हरि भट्टराई र सदस्यहरुमा सहदेव भट्टराई र नवीन सिटौला रहनुभएको छ ।

राजेन्द्र उप्रेतीको सभापतित्वमा सम्पन्न संयुक्त भेलाले पाँचवटै क्षेत्र र १० वटै प्रदेशक्षेत्रस्तरमा निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ । जसअन्तर्गत झापा क्षेत्र नं–१ संयोजकमा सञ्जय निरौला, झापा क्षेत्र नं–२ संयोजकमा अनिल सुवेदी, झापा क्षेत्र नं–३ को संयोजकमा नारायण नेपाल, क्षेत्र नं–४ को संयोजकमा अशोक पाठक र क्षेत्र नं–५ को संयोजकमा नवराज ढकाल चयन हुनुभएको छ ।


यसैगरी झापा क्षेत्र नं–१ प्रदेश क को संयोजकमा अर्जुन गौतम, ख को संयोजकमा सुसन लम्साल, क्षेत्र नं–२ क संयोजकमा एलेक्स मैनाली, ख मा गोकुल पौडेल, झापा क्षेत्र नं–३ क मा मनिस दाहाल, ख मा सञ्जय शाह, झापा क्षेत्र नं–४ को क संयोजकमा विरेन्द्र बस्नेत र ख मा आवास खरेल एवं झापा क्षेत्र नं–५ क संयोजकमा बाबुराम नेपाल, ५ को ख मा राजन चापागाई रहनुभएको छ ।

भेलालाई नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति एवं संयुक्त संयन्त्रका संयोजक केशवराज पाण्डे, सहसंयोजक बेदराज रेग्मी र नेकपा माओवादीका झापा इन्चार्ज राजु आचार्य अग्नीले सम्बोधन गर्दै राष्ट्रिय आवश्यकताका आधारमा बनेको गठबन्धन दलका उम्मेद्वारहरुलाई जिताउन युवाहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै सक्रियतापूर्वक लाग्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय