राष्ट्र विरोधी शक्तिहरु परास्त हुन्छन् -देवराज घिमिरे

Share :

बुद्धशान्ति । नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरु परास्त हुने बताउनु भएको छ ।

बुद्धशान्ति गाउँपालिका २ मा आयोजित वडा स्तरीय संयुक्त कार्यक्रता भेलालाई सोमबार सम्बोधन गर्दै नेता घिमिरेले आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरुलाई परास्त गर्ने उदेश्य अनुरुप नै नेकपा एमाले र राप्रपा नेपालबिच तालमेल भएको बताउनुभयो ।

घिमिरेले स्वार्थ पूर्तिका लागि गरिएको गठबन्धन र राष्ट्रहितका लागि गरिएको तालमेललाई जनताले राम्ररी बुझेको धारण राख्नुभयो ।


एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज घिमिरेले निर्वाचनबाट भ्रष्टाचारी दलालहरुको भण्डाफोर हुने र समृद्ध नेपाल शुखि नेपालीको परिकल्पना साकार हुने बताउनु भयो ।

उहाँले राष्ट्रको हितमा सधैं एकबद्ध भएको नेकपा एमालेले मात्रै मुलुकलाई सहि मार्ग निर्देश गर्न सक्ने धारण समेत राख्नुभयो ।

उहाँले सिंगो मुलुकको हितकालागि नेकपा एमाले र राप्रपा नेपालको तालमेलबाट निर्वाचनमा उठेका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

झापा २ मा गठबन्धनले एमाले त्यागेर गएका हरिकुमार रानालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय