जनमतको विश्वासघात गर्नेछैन् -चिन्तन पाठक

Share :

बुद्धशान्ति । नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर १ को प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले जनताले आफुलाई गरेको विश्वासलाई कहिले घात नगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका पाठकले आम मतदाता र जनताको शिर झुक्ने काम कहिले नगर्ने बताउनुभयो ।

बुद्धशान्ति गाउँपालिका २ मा आयोजित वडा स्तरीय संयुक्त कार्यक्रता भेलालाई सोमबार सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटि सचिव समेत रहनुभएका पाठकले राष्ट्रहितका लागि एमाले र राप्रपा संयुक्त अभियानमा जुटेको बताउनु भयो ।


उहाँले समृद्ध नेपालकालागि नेकपा एमालेको सरकारले गरेका कामहरु जनताले प्रस्ट बुझेको धारण समेत राख्नुभयो । नेता पाठकले मुलुक निर्माणमा एमाले सरकारले गरेका कामहरु शिर ठाडो पारेर गर्वले भन्न सक्ने अवस्थाको सिजर्ना भएको बताउनुभयो ।

नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धन अपवित्र भएको भन्दै उहाँले मुलुकलाई भलखाडोमा लागिरहेको बताउनु भयो । राष्ट्र हितकालागि जनताले गठबन्धनलाई चुनावबाटै परास्त गराउने धारणा राख्नुभयो ।

पाठकसंग गठबन्धनका तर्फबाट कांग्रेसका खगेन्द्र मैनाली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय