विर्तामोडमा कात्तिक ४ र ५ गते झापा उत्सव हुने

Share :

झापा । विर्तामोडमा आगामी कात्तिक ४ र ५ गते ‘झापा उत्सव २०७९’ हुने भएको छ ।

झापा फुटबल क्लबको आयोजनामा हुने उत्सवको बारेमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको हो ।

‘झापा उत्सव २०७९’ विर्तामोडको डोमालाल राजवंशी रंगशालामा संचालन हुने छ । उत्सवमा दुई दिन विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति दिने बताइएको छ ।


उत्सव संचालनबाट बचेको रकम झापाको फुटबल खेलको विकासमा खर्च गर्ने योजना रहेको झापा फुटवल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रमको मुख्य प्रायोजकका रुपमा यति ब्रुअरी रहेको छ । पत्रकार सम्मेलनमा मुख्य प्रायोजकका तर्फबाट शंकर लुइटेल, सह प्रायोजकका तर्फबाट पेरिविङक सर्भिस प्रालिका दिपेश घले, क्लवका मेनेजर प्रेम गुरुङलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रममा २ दिनको टिकट मूल्य एक हजार रुपैयाँ तय गरिएको छ । कार्यक्रम सम्पन्न गर्न अनुमानित ६० लाख खर्च हुने बताइएको छ ।

उत्सवमा चर्चित गायक कालिप्रसाद बास्कोटा, अस्मिता अधिकारी, एकदेव लिम्बु, कमेडीयन सुमन कार्की लगायतले प्रस्तुति दिने बताइएको छ ।

भिडियो :

https://www.facebook.com/khabarkhetipage/videos/1154527228528240

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय