खुदुनाबारीमा यूटर्नको अर्जुनधारा विक्रि केन्द्र स्थापना

Share :

खुदुनाबारी । स्वदेशी कच्चापदार्थको प्रयोगबाट दैनिक उपभोग्य सामाग्री उत्पादन गर्दे आएको यूटर्न ईन्टरनेशनल प्रा.लि. ले झापाको अर्जुनधारामा अर्जुनधारा विक्रि केन्द्र स्थापना गरेको छ । अर्जुनधारा नगरपालिकाको २ नम्बर वडा अन्तर्गत खुदुनाबारी बजारमा स्थापना गरिएको विक्रि केन्द्रको आईतबार यूटर्न ईन्टरनेशनल प्रा.लि. का अध्यक्ष बलराम सुवेदीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै सुवेदीले औषधीय गुण भएका यूर्टनका स्वदेशी उपभोग्य सामाग्रीहरुको बजारमा माग बढ्दै गएको बताउनु भयो । अर्जुनधारा विक्रि केन्द्रलाई रामचन्द्र भण्डारीले संचालनमा ल्याउनु भएको हो ।

कार्यक्रममा बिशेष अतिथी अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले स्वदेशी कच्चापदार्थको प्रयोगबाट उत्पादन भएका सामाग्रीहरुको विक्रि केन्द्र अर्जुनधारामा स्थापना हुनु सकरात्मक भएको बताउनुभयो । कार्यक्रममा यूटर्न ईन्टरनेशनल प्रा.लि.का तालिम संयोजक खगेन्द्र तिम्सिनाले यूटर्नका सामाग्रीहरुको गुणस्तर र उपयोगिताका बिषयमा उपभोक्ताहरुलाई जानकारी गराउनु भएको थियो ।


कम्पनिका रोयल्टी होल्डर जिवन बुढाथोकीले प्रत्यक्ष व्यापार ऐन अन्तर्गत वि.स.२०७७ मा दर्ता भएको कम्पनिले ९० प्रतिशत स्वदेशी उत्पादनलाई बजारमा ल्याएको जानकारी दिनुभयो । उहाँले मौरीको मह, हर्रोबर्रो, कुशको तेल, भुइ स्याउ लगायतका स्देशी जडीबुटीबाट उत्पादित बिभिन्न ३९ प्रकारका दैनिक उपभोग्य वस्तुहरु यूर्टनले बजारमा ल्याएको बताउनुभयो ।

मुलुकभर १ सय भन्दा बढीको संख्यामा विक्रि केन्द्र रहेको यूटर्नको झापामा मात्रै ९ वटा विक्रि केन्द्र स्थापना भै सकेको उहाँले जानकारी दिनुभयो ।

अर्जुनधारा विक्रि केन्द्रका संचालनक रामचन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन यूटर्न ईन्टरनेशनल प्रा.लि.का राष्ट्रिय प्रशिक्षक रोम घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
0
+1
1
+1
1
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय