झापाका जनता नेकपा एमालेको पक्षमा­-देवराज घिमिरे

Share :

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इञ्चार्ज देवराज घिमिरेले झापाका जनता नेकपा एमालेको पक्षमा रहेको बताउनु भएको छ ।

झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार समेत रहनु भएका घिमिरेले जतिसुकै चुनौति खडा भएपनि झापाका सबै क्षेत्रका जनता सूर्य चिन्हको पक्षमा रहेकोले नेकपा एमालेको विजय सुनिश्चित रहेको बताउनु भयो ।

चुनावी अभियानका क्रममा कार्यकर्ता तथा मतदातासमक्ष भेटघाट गर्दै आउनु भएका उम्मेदवार घिमिरेले एमालेको विरुद्वमा देशी­विदेशी शक्तिहरु लागेको भएपनि यसले कुनै असर नगर्ने बताउनु भयो।


सम्भव भएसम्म सबै दलहरु गठबन्धनमा रहेको, स्वतन्त्रताका नाममा जनतालाई विभिन्न भ्रम सृजना गर्दै उम्मेद्वार खडा गरिएको भएपनि जनताले यसलाई मंसीर ४ गते चिर्ने घिमिरेले बताउनु भयो । राष्ट्र बनाउन, जनताको जीवनलाई उन्नत बनाउन, न्यायपुर्ण समाज निर्माण गर्न, प्रशासनलाई स्वस्थ र पारदर्शी बनाउन, बेरोजगारी अन्त्य गर्न, राष्ट्रिय उत्पादकत्व वृद्वी गर्नका लागि नेकपा एमालेको स्थिर सरकार आवश्यक रहेको उहाँको भनाई छ ।

इमान्दार, कर्तव्यनिष्ठ, सक्षम र अव्वल नेताको रुपमा पहिचान बनाउनु भएका उम्मेदवार घिमिरेको जीत सुनिश्चित रहेको क्षेत्र नम्बर २का मतदाताहरु बताउँछन् । नेकपा एमाले पार्टी परित्याग गरि गठवन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नु भएका हरिकुमार राना घिमिरेको प्रतिस्पर्धी हुन् । राना घिमिरे भन्दा कमजोर उम्मेदवारका रुपमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय