पोखरामा नवौं राष्ट्रिय खेलकुदको उद्घाटन

Share :

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज भव्य उद्घाटन भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गर्नुभयो ।

गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भएको हो । समारोहमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले झण्डात्तोलन गर्नुभयो ।

उद्घाटनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो ।


नवौं राष्ट्रिय खेलकुदमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय