सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमती

Share :

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको अनुमती दिएको छ । गत बिहिबार विदेशबाट आई प्रहरीमा आत्मसमर्पण गरेका लामिछानेलाई दशैं बिदाका कारण सोमबार पहिलो पटक अदालतमा उपस्थित गराइएको हो ।

लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक विदा परेकाले अदालतबाट उनलाई हिरासतमा राख्ने अनुमति लिइएको थिएन । सोमबार १० बजे अदालत खुल्ने भएता पनि लामिछानेलाई संचार कर्मीको आँखा छलेर विहान साढे नौ बजे नै ७ दिन प्रहरी हिरासतमा राख्न म्याद थप्न जिल्ला अदालत पुर्याएको थियो ।

उनलाई न्यायाधीश दयाराम ढकालको इजलासमा सोधपुछ गरिएको थियो । लामिछानेमाथि एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छन् । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए । सन्दीपलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।


प्रहरीले लामिछानेलाई बढीमा २४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय