झापा २ मा ४० जनाको उम्मेदवारी दर्ता

Share :

झापा । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि झापा निर्वाचन क्षेत्र नं. २ मा ४० जनाको उम्मेदवारी परेको छ । राजनैतिक दल र स्वतन्त्रसमेत गरेर प्रतिनिधिसभाका लागि २० जनाको उम्मेदवारी परेको हो । प्रदेशसभाका लागि निर्वाचन क्षेत्र २ को (१) मा १० जना र २ को (२) मा १० जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा तर्फ झापा निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेको तर्फबाट स्थायी कमिटि सदस्य देवराज घिमिरेको उम्मेदवारी परेको छ । काँग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी लगायतका दलहरुको गठबन्धनका तर्फबाट एमाले परित्याग गरेका नेता हरिकुमार रानाको उम्मेदवारी परेको छ ।

गठबन्धनका तर्फका उम्मेदवारहरु : पोखरेल / राना / मैनाली

अन्य बिभिन्न राजनैतिक दलका उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् । अधिवक्ता स्वागत नेपाल लगायतका उम्मेदवारले स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।


प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र २ को (१) नेकपा एमालेका एकराज कर्कीको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र २ को (२) मा एमालेको तर्फबाट चिन्तामणी (चिन्तन) पाठकले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

गठबन्धनको तर्फबाट प्रदेशसभा निर्वाचन क्षेत्र २ को (१) पुष्पराज पोखरेलको उम्मेदवारी परेको छ भने निर्वाचन क्षेत्र २ को (२) मा खगेन्द्र मैनालीको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय