झापा–५ मा प्रतिनिधिसभामा २७ र प्रदेशसभामा २७ जनाको उम्मेदवारी दर्ता

Share :

बिर्तामोड । झापा क्षेत्र नं. ५ मा प्रतिनिधिसभा र प्रदेशसभामा ५४ जनाले उम्मेदवारी दिएका छन् । तीन पदमा ५४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यको लागि २७ जना, प्रदेश तर्फ ५(१) मा ११ र ५(२)मा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमध्ये प्रतिनिधिसभा तर्फ १४ जना स्वतन्त्र छन् । त्यस्तै प्रदेश तर्फ ५(१) मा ३ र ५(२) मा ७ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

झापा क्षेत्र नं. ५ मा एमालेको तर्फमा पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट खगेन्द्र अधिकारीले उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय