खुदुनाबारी गोल्डकपको उपाधी धनकुटालाई

Share :

अर्जुनधारा । तेस्रो खुदुनाबारी गोल्डकपको उपाधी धनकुटा महिला फुटबल क्बल धनकुटाले जितेको छ । प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको आज (आईतबार) सम्पन्न फाइनलमा टाईब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधी धनकुटाले जितेको हो ।

धनकुटा महिला फुटबल क्बल धनकुटा

झापाको अर्जुनधारा नगरपालिका ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा सम्पन्न निर्धारीत ७० मिनेटको खेलमा दुवै टिमले १–१ गोल गरेपछि बराबरी भएको खेल टाइब्रेकरमा गएको थियो । खेलको ३४ मिनेटमा धनकुटाले पाएको फ्रिकिकको सदुपयोग गर्दै जुनतारको पोष्टमा धनकुटाकी टिम कप्तान अन्जना थुलुङ राईले गरेको प्रहार गोलमा परिणत भएको थियो । तर जुनतारले इन्जुरी टाइममा पाएको फ्रिकिकको अवसरलाई सन्जना राई(सन्जु)ले प्रहार गर्दा धनकुटकी गोलकिपर सजिया क्षेत्रीले बचाउ गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो ।

जुनतारा महिला फुटबल क्लब झापा

टाईब्रेकरमा धनकुटाकी गोलकिपर सजिया क्षेत्री, कप्तान अन्जना थुलुङ राई र समिक्षा पौडेलले गरेको प्रहार जुनताराकी गोलकिपर जसदा लावतीले बचाउ गर्न सकिन्न । सन्ध्या रम्तेलको प्रहार भने उनले विफल बनाएकी थिइन् । जुनताका खेलाडी अन्जना राई, लक्ष्मी श्रेष्ठ र नेहा चौधरी तिनै जनाको प्रहार भने गोलमा परिणत हुन नसक्दा टिमले पराजय भोग्यो । अन्जनाको प्रहार धनकुटाकी गोलकिपर सजिया क्षेत्रीले विफल बनाइ भने लक्ष्मी र नेहाले प्रहार गरेको गोल पोष्टमा ठोकिएर फर्कीएको थियो ।


उपविजेता-आयोजक टिम जुनतारा

जुनताराले क्वाटरफाइनलमा जनता सेवेन फुटबल क्लब इलामलाई ५–० र सेमिफाइनलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । धनकुटाले क्वाटरफाइनलमा सुनसरी फुटबल संघ सुनसरीलाई ४–० र सेमिफाइनलमा पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

जितसंगै विजेता धनकुटाले नगद १ लाख १ हजार १११ रुपैयाँ सहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक टिम जुनताराले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी पाएको छ । प्रतियोगितामा बेस्ट गोलकिपर धनकुटकी सजिया क्षेत्री, बेस्ट डिफेन्स जुनताराकी सुस्मिता चौधरी, हाइ स्कोरर जुनताराकी अनिता लम्जेल घोषित भइन् । उनले सर्वाधिक ५ गोल गरेकी थिइन् । वमेन अफ दी टुर्नामेन्ट धनकुटाकी कप्तान अन्जना थुलुङ राई घोषित भइन् । उनिहरुले जनही ट्रफी सहित नगद ५ हजार प्राप्त गरे । त्यस्तै प्रतियोगितामा राइजिङ युथ प्लेयरको उपाधी आयोजक जुनताराकी कप्तान ममता राउतले प्राप्त गरिन् । उनले नगद ५ हजार हात पारिन् । फाइनल खेलमा प्रदेश १ सरकारका कृषी तथा पशुपंन्छी मन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो ।

अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपलाई च्यारिटी युथ क्लबले आयोजना गरेको हो भने सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय प्रर्वधक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको थियो ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भएको छ ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
3
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय