खुदुनाबारी गोल्डकप फाइनल आज, धनकुटा र जुनतारा भिड्ने

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनल खेल आज हुँदै छ । प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधीका लागि आयोजक टिम जुनतारा महिला फुटबल क्लब झापा र धनकुटा महिला फुटबल क्बल धनकुटा बिच प्रतिस्पर्धा हुँदैछ ।

क्वाटरफाइनल र सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टिम उपाधी कब्वा गर्ने दाउमा छन् । गोल स्कोरका आधारमा बलियो देखिको झापाको जुनतारा उपाधी घरैमा राख्ने दाउमा छ । प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको धनकुटा पनि उपाधी लिएर फर्कने लक्षका साथ मैदान उत्रने तयारीमा छ ।

जुनताराले क्वाटरफाइनलमा जनता सेवेन फुटबल क्लब इलामलाई ५–० गोल अन्तरले पराजित गरेको थियो । सेमिफाइनलमा जुनतारासंग गाइघाट फुटबल क्लब उदयपुरले ४–१ गोल अन्तरको पराजय भोगेको थियो । धनकुटाले क्वाटरफाइनलमा सुनसरी फुटबल संघ सुनसरीलाई ४–० गोल अन्तरले पराजित गरेको थियो भने सेमिफाइनलमा पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै धनकुटाले फाइनलको यात्रा तय गरेका हो ।


अर्जुनधारा नगरपालिका ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा जारी गोल्डकपको फाइनल खेल आज दिउँसो २ बजेबाट सुरु हुने छ । विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी पाउने छ । प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइ स्कोरर र वमेन अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपको आयोजक च्यारिटी युथ क्लब र सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय प्रर्वधक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय