शान्ति सामुदायिक वनले दियो उपभोक्तालाई सिलिन्डर

Share :

खुदुनाबारी । अर्जुनधारा नगरपालिका २ स्थित शान्ति सामुदायिक वन तथा उपभोक्त समूहले उपभोक्तहरुलाई सिलिन्डर ग्यास बितरण गरेको छ । वन समूहले १ सय ५० घर उपभोक्ताहरुलाई गरिबि निवारण कार्यक्रम अन्तर्गत निशुल्क सिलिन्डर ग्यास बितरण गरेको हो ।

समुहको कार्यलयमा आज आयोजित एक कार्यक्रमकाबिच सिलिन्डर वितरण गरिएको हो । उपभोक्ताहरुलाई सहज होस भन्नका लागि झेलेनी स्थित सरस्वती आधारभुत बिध्यालयबाट समेत उपभोक्ताहरुलाई सिलिन्डर वितरण गरिएको समुहका कोषाध्क्ष खगेन्द्र कोइरालाले जानकारी दिनुभयो ।

वन समुहका अध्यक्ष तुलसी खतिवडाको अध्यक्षतामा भएको सिलिन्डर बितरण कार्यक्रममा समुहका सल्लाहकार तथा अग्रज व्यक्तित्व पुण्यप्रसाद ओझाको प्रमुख आतिथ्यता रहेको थियो । समुहका सहसचिव प्रेम उपरकोटिले सन्चालन गर्नुभएको कार्यक्रममा समुहका उपाध्यक्ष मनकुमारी सन्जेल, सचिव भिमादेवी चापागाईं, सानाकिसान सहकारी संस्था खुदुनाबारीका अध्यक्ष कृष्ण दङाल, समाजसेवी गोपाल लामिछाने लगायतको उपस्थिति थियो ।


३ वटा छेत्र र १२ वटा टोलमा विभाजन रहेको शन्ती सामुदायिक वनले २०७५ सालबाट उपभोक्तालाई ग्यास बितरण गरिरहेको छ । वनले हाल सम्म ४ सय ८६ घर उपभोक्तालाई सिलिन्डर वितरण गरिसकेको समुहका कार्यलय सचीव दुर्गा प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । समुहमा रहेका सबै उपभोक्ता लाई सिलिन्डर वितरण गर्ने योजना रहेको समुहका अध्यक्ष तुलसी खतिवडाले बताउनुभयो । शान्ति सामुदायिक वनमा ८ सय १५ घर उपभोक्ता लाभान्वित छन ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय