खुदुनाबारी गोल्डकप : पहिलो सेमिफाइनल आज, आयोजक र उदयपुर भिड्दै

Share :

अर्जुनधारा । तेस्रो खुदुनाबारी गोल्डकपको पहिलो सेमिफाइनल खेल आज हुँदै छ । झापाको अर्जुनधारामा जारी प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगितामा आयोजक जुनतारा महिला फुटबल क्लब अर्जुनधारा र गाईघाट फुटबल क्लब उदयपुर बिच प्रतिस्पर्धा हुने छ ।

क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको आयोजक टिम जुनतारा फाइनलको यात्रा सहजै तय गर्ने दाउमा छ । जुनताराले क्वाटरफाइनलमा जनता सेवेन फुटबल क्लब इलामलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।

क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको जुनताराको फाइनल प्रवेश सहज भने छैन् । ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै गोल्डकपको अन्तिम चारमा परेको उदयपुर आज अझै दरिलो प्रदर्शन गर्ने दाउमा छ ।


आजको खेल दिउँसो ३ बजे सुरु हुने छ । अर्जुनधारा नगरपालिका ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा जारी गोल्डकपको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ ।

खुदुनाबारी गोल्डकपलाई अर्जुनधारा ३ को च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको हो । अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय प्रर्वधक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय