अर्जुनधारामा पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि अन्तरक्रिया

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमको विषयमा अन्तरक्रिया गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिनुभयो ।

नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन निवर्तमान प्रमुख हरिकुमार रानाले गर्नु भएको थियो । कार्यक्रमलाई शाखा प्रमुख राईले सहजिकरण गर्नु भएको थियो । उहाँले शाखाले खेलेको भुमिका, नगरपालिकाका कृषकहरुको अवस्था, सहकारी तथा वित्तिय संस्थाको भुमिका लगायतका बिषयमा प्रस्तुतिकरण दिनु भएको थियो ।


कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, कर्णाली सहकारीका अध्यक्ष टसबहादुर प्रधान, अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारी संस्थाका उपाध्यक्ष छत्र पौडेल, सिस्ने सहकारीका व्यवस्थापक डिबि दर्नाल लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा नगरमा रहेका सहकारीकर्मीहरु लगायतका सरोकारवालाहरुसँग अन्तक्रिया भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय