खुदुनाबारी गोल्डकप : गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा

Share :

अर्जुनधारा । उदयपुरको गाईघाट फुटबल क्लब प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा ३ स्थित प्रस्तावित प्राकृतीक रंगशालामा भएको गोल्डकपको तेस्रो खेलमा आज (मंगलबार) ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै उदयपुर गोल्डकपको अन्तिम चारमा पर्न सफल भएको हो ।

६० मिनेटको निर्धारीत खेल समयमा कुनैपनि टिमले गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा गाईघाट फुटबल क्लब उदयपुरकी साहारा दाहाल, युनिका राई र मनिता तामाङले प्रहार गरेको गोल ताप्लेजुङकी गोल रक्षंक एलिजा लिम्बुले बचाउन नसक्दा ताप्लेजुङले पराजय भोग्नु पर्यो । ताप्लेजुङकालागि टाईब्रेकरमा एकमात्रै गोल अनुसा लिम्बुले गरिन ।


ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङ
गाईघाट फुटबल क्लब उदयपुर

टाईब्रेकरमा ताप्लेजुङकी गोल रक्षंक एलिजा लिम्बुले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा ताप्लेजुङ जिल्ला फुटबल संघले ३–१ गोल अन्तरले पराजय भोग्नुपर्यो । खेलको ६० मिनेटमा उदयपुरकी अस्मिता राईले पहेलो काड पाएकी थिइन् । आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने उपपुरकी मनिता तामाङ उमन अफ दी म्याच घोषित भइन् । उनले ट्रफि सहित नगद १ हजार हात पारिन् ।

गोल्डकपको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा बुधबार धनकुटा महिला फुटबल क्लब र सुनसरी जिल्ला फुटबल संघबिच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ ।

खुदुनाबारी गोल्डकपको तेस्रो खेलमा विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महत्तरा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । खुदुनाबारी गोल्डकपलाई अर्जुनधारा ३ को च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको हो । अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय प्रर्वधक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय