बंगलादेशसँग आज नेपालले घरेलु मैदानमा मैत्रिपूर्ण खेल खेल्ने

Share :

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज (मंगलबार) बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ।

घरेलु मैदान दशरथ रंगशालामा अपराह्न ५ः३० बजे नेपालले बंगलादेशविरुद्ध मैत्रिपूर्ण खेल खेल्न लागेको हो।

खेलका लागि बंगलादेशको टोली सोमबार नै नेपाल आइसकेको छ।


घरेलु भूमिमा नेपालले बंगलादेशलाई हराएर समर्थकलाई खुशी पार्ने लक्ष्य लिएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उसले मैत्रीपूर्णमा कम्बोडियालाई १–० गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय