पथरी शनिश्चरे महिला एफसी मोरङ तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश, मंगलबार उदयपुर र ताप्लेजुङ भिड्ने

Share :

अर्जुनधारा । मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी प्रदेश १ स्तरीय तेस्रो खुदुनाबारी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा रोयल कलब दमक झापालाई १–० गोल अन्तरले पराजित गर्दै पथरी शनिश्चरे मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

पथरी मोरङलाई सेमिफाइनलमा प्रवेश गराउन खेलको एक मात्रै गोल विना चेमजुङले गरिन । उनले खेलको ३१ औं मिनेटमा दमकका खेलाडीले डि–बक्स एरिया भित्र फल्ड गरेपछि पाएको पेनाल्टीको सदुपयो गर्दै आफ्नो टिमकालागि एक मात्रै गोल गरेकी थिइन् । आजको खेलमा विन उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद पुरस्कार १ हजार सहित ट्रफी हात पारिन् ।

अर्जुनधारा ३ स्थित प्रस्तावित प्राकृतीक रंगशालामा भएको खेलमा झापाको रोयल क्लब दमकले समेत पेनाल्टीको अवसर पाएको थियो । तर गोल भने गर्न सकेन । पहिलो हाफमा पाएको पेनाल्टीको अवसरलाई टिम क्याप्टेन बिष्णु लिम्बुले गोलपोष्ट भन्दा बाहीर बल प्रहार गरेपछि दमक पराजित हुँदै घर फर्किन बाध्य बन्यो ।


खुदुनाबारी गोल्डकपलाई अर्जुनधारा ३ को च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको हो । अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय प्रर्वधक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइ स्कोरर र म्यान अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।

गोल्डकपको तेस्रो खेलमा भोलि मंगलबार गाईघाट फुटबल क्लब उदयपुर र ताप्लेजुङ जिल्ला फुटबलसंघ ताप्लेजुङबिच प्रतिस्पर्धा हुने छ । भोलिको खेलमा सहभागि हुने टिमहरु झापा आइसकेको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय