नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट १० खेलाडी छनोट

Share :

बिर्तामोड । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं. १ बाट शारीरिक सुगठनका १० जना खेलाडीले सहभागिता जनाउने भएका छन् । झापाको बिर्तामोडस्थित अतिथिसदनमा भएको प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा प्रदेश नं. १ का नौ जिल्लाका २९ जना खेलाडीले सहभागिता जनाएकोमा शारीरिक सुगठनका १० जना खेलाडी छनौट भएको प्रदेश नं.१ का प्रशिक्षक गोल्डमेडलिस्ट राम दाहालले बताउनुभयो ।

छनौट प्रतियोगिता अन्तर्गत बुधबार खेलाडीहरुको तौल जोख्ने र खेलाडीहरुलाई ट्याग बितरण गरिएको र बिहीबार भएको फाइनल राउण्डमा प्रदेश नं.१ का नौ जिल्लाका २९ जना खेलाडीले ५५ केजी, ६० केजी , ६५ केजी, ७० केजी , ७५ केजी , ८० केजी र ८० केजीभन्दा माथीको तौल समूहमा प्रतिष्पर्धा गरेको उहाँले बताउनुभयो ।

प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगिताको ५५ केजी तौल समूहमा अजय राजवंशी (झापा), ६० केजी तौल समूहमा सन्देश राई (झापा), ६५ केजी तौल समूहमा मनोज कटृवाल (उदयपुर) ७० केजी तौल समूहमा पवन भट्टरार्इ (पाँचथर) ७५ केजी तौल समूहमा निखिल ताम्राकार (उदयपूर) ८०केजी तौल समूहमा शौरभ मगर (मोरङ), ७० केजी मुनी मेन फिजिक्समा अवतार श्रेष्ठ (सुनसरी) ७० केजी भन्दा माथि तोल समुहमा देवराज पराजुली (खोटाङ), ओमेन फिजिक्समा रुपा तामाङ (सुनसरी) र ओमेन बडीबिल्डरमा रजनी श्रेष्ठ छनौट भएका छ ।


प्रतियोगिताको जजहरुमा शिव मुखिया, पुष्प श्रेष्ठ, नवनित प्रधान, कवीरराज प्रधान , हरि धिमाल, दिपेश पाठक, अशोक पाठक, सिजर राजभण्डारी, सोम पोखरेल र शारदा दाहाल रहेका थिए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई बिर्तामोड नगरपालिकाकी मेयर पबित्रा महतरा प्रसाई, झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, उपाध्यक्ष गंगा भूर्तेल, राष्ट्रिय खेलकुद परिषद शारीरिक सुगठन प्रमुख प्रशिक्षक राजेन्द्ररत्न तुलाधर, शारीरिक सुगठनका केन्दीय उपाध्यक्ष रणबहादुर थेवे, शारीरिक सुगठनका केन्दीय सदस्य दिपेन चौधरी, बिर्ताामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की, अध्यक्ष प्रकाश शिवाकोटी, धर्म श्री फस्ट रनरअप ललित धिमाल , चेम्वर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय