बिर्तामोड-भद्रपुर रोडको डिभाईडरमा फूल रोप्न सुरु

Share :

झापा । बिर्तामोड नगरपालिकाले सडक शुन्दरताको लागि भद्रपुर रोडमा फूल रोप्ने कार्य शुरु गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईले आज सिजिएम जातको फूलको विरुवा रोपेर यस कार्यको थालनी गर्नु भयो ।

नगरपालिकाले बिर्तामोड-भद्रपुर सडक खण्ड अन्तर्गतको मुक्तीचौक देखि धौलापुलसम्मको भागमा रहेको डिभाईडर भित्र विभिन्न जातका फूल रोप्ने कार्य अघि बढाएको हो ।
सिजिएम, मयुरधुपी, फक्सटेल पार्म, सितार लगायत विभिन्न जातका विरुवा रोप्ने नगरपालिकाले जनाएको छ । यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कुनै पनि संघ संस्थाले फूल रोप्न चाहे दिन सकिने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताउनु भयो ।

नगर प्रमुख प्रसाईसंगै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष राहुल कुमार शर्मा, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दंवा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डाल्मीया, नगरका शाखा अधिकृत मेघराज वास्तोला र कार्यपालिका सदस्यहरुले फूलका विरुवा रोप्नु भएको थियो ।


नगरपालिकाले डिभाईडरमा केहि दिन अघि देखि बिरुवा रोप्नको लागि उपयुक्त माटो ल्याएर बिच्छ्याएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय