नव युवा गोल्डकपको दोस्रो संस्करण असोज ९ गतेदेखि हुने

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा संचालन हुने नव युवा गोल्डकपको दोस्रो संस्करण यहि असोज ९ गतेदेखि सुरु हुने भएको छ । अर्जुनधारा नगरपालिकाको ४ र ७ नम्बर वडालाई समेटेर संचालन भएको नव युवा क्लब र अर्जुनधारा स्र्पोटीङ क्लबको संयुक्त आयोजनामा दोस्रो नव युवा गोल्डकप–२०७९ हुने भएको हो ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्डकप संचालनकोे बिषयमा जानकारी गराइएको हो । गोल्डकपमा भारत दार्जिलिङ्को एक क्लब सहित ८ वटा टिमले सहभागिता जनाउने बताइएको छ । आयोजक सहित रतखोला फुटबल एकाडेमि(दार्जिलिङ), अमरदह स्पोर्टीङ क्लब, काँकडभिट्टा फुटबल क्लब, सैनिक फुटबल क्लब, दमक फुटबल क्लब, बिर्तामोड फुटबल क्लब र ब्रदर्श युनाइटेड फुटबल क्लबले गोल्डकपमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ रुपौयाँ पुरस्कार पाउने गोल्डकपका खेल संयोजक सुरेश अधिकारीले जानकारी दिनुभयो । त्यस्तै उपविजेताले नगद ५१ हजार १ रुपैयाँ पुरस्कार पाउने छ । गोल्डकपमा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट खेलाडीलाई जनही तीन हजार रुपैयाँ र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिने आयोजले जनाएको छ । फाइनल खेल असोज १६ गते हुने छ ।


गोल्डकप सम्पन्न गर्न आठ लाख ६२ हजार पाँच सय दुई रुपैयाँ खर्च लाग्ने बताइएको छ । गोल्डकपलाई भव्यताका साथ सम्पन्न गराउन २१ सदस्यीय मूल आयोजक समारोह समिति गठन भएको छ ।

पत्रकार सम्मेलनमा नव युवा क्लबका अध्यक्ष देबेन्द्र बानियाँ, सचिव दिनेश भुजेल, क्लबका सल्लाहाकार केदारनाथ पराजुली, सल्लाहकार तुलसी श्रेष्ठ, फुटबल प्रशिक्षक टिका पोखरेल, रेफ्री संघका केन्द्रीय सदस्य प्रदिप बस्नेत लगायतको उपस्थिति थियो ।

विजया दशमीको अवसरमा पारेर संचालन हुने गोल्डकपको मुख्य उदेश्य खेलकुद क्षेत्रको प्रबद्र्धन र खेलाडी उत्पादन भएको आयोजक संस्थाका पदाधिकारीहरुले बताएका छन् । नव युवा गोल्डकपको पहिलो संस्करण २०७८ मा आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
6
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय