खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा

Share :

अर्जुनधारा । खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । झापाको अर्जुनधारा ३ स्थित प्राकृतीक रंगशालामा हुने गोल्डकपको तेस्रो संस्करण अन्तर्गत यो बर्ष २०७९ मा महिला फुटबल प्रतियोगिता हुँदै छ ।

प्रदेश १ का विभिन्न जिल्लाका ८ वटा महिला फुटबल टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । आज पत्रकार सम्मेलन तथा छलफलको आयोजना गर्दै प्रतियोगिताको करिब ८० प्रतिशत तयारी सम्पन्न भएको आयोजकले जानकारी गराएको छ ।

असोज ९ गते उद्घाटन हुने प्रतियोगितामा आयोजक जुनतारा महिला फुटबल क्लबसहित रोयल फुटबल क्लब दमक, इलाम महिला फुटबल क्लब, मोरङको पथरी शनिश्चरे फुटबल क्लब, सुनसरीको सुनसरी फुटबल संघ, उदयपुरको उदयपुर ११, धनकुटाको धनकुटा फुटबल कलब र ताप्लेजुङको ताप्लेजुङ ११ ले सहभागिता जनाउने बताइएको छ । यसअघि असोज ७ गतेदेखि गर्ने निर्णय भएको प्रतियोगिता सरेर ९ गते उद्घाटन हुने भएको हो । प्रतियोगिताको फाइनल खेल असोज १६ गते हुने छ ।


प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ । उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित १४ लाख ५६ हजार रुपैयाँ खर्च हुने आयोजकले बताएको छ । प्रतियोगिताको आयोजक अर्जुनधारा ३ को च्यारिटी युथ क्लब (सीवाईसी) र सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल आयोजक समिति गठन गरि जिम्मेवारी बाँडफाँड गरिएको छ । आर्थिक व्यवस्थापनको काम भइरहेको मुल आयोजक समितिकी संयोजक हिमा मगरले बताउनु भयो । अहिले मैदान व्यवस्थापन लगायतका काम अन्तिम चरणमा पुगेको छ ।

आयोजकका अनुसार सिग्नेचर नामक पेय पदार्थको कम्पनीले पहिलो पुरस्कार प्रदान गर्ने भएको छ भने अर्जुनधारा ३ वडा कार्यालयले नगद १ लाख रुपैयाँ सहयोग गर्ने बताइएको छ । यस्तै, प्रवासी अर्जुनधारा युवा बचत समूहले विजेता तथा उपविजेताको ट्रफी सौजन्य गरेको आयोजकले बताएको छ।

कार्यक्रममा गोल्डकपको लोगो पनि सार्वजनिक गरिएको थियो । प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइ स्कोरर र म्यान अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिकाकी सदस्य चन्द्रा तामाङ र फुटबलप्रेमीहरु हेम कार्की, दिव्य कट्टेल र संयोग सुब्बाले आफ्ना भनाई राख्नु भएको थियो ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन हुने भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
1
+1
4
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय