भारतलाई पराजित गर्दै नेपाल महिला साफको फाइनलमा

Share :

काठमाडौं । राजधानीमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको छ । यो जितसंगै नेपाल फाइनलमा प्रवेश गरेका छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले ​गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो।

रश्मिले भारतको गोलपोस्टमा दर्शनीय गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।


भारत ५ पटकको साफ च्याम्पियन हो। हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा अब नेपालले सोमबार हुने फाइनलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय