बुद्धशान्ती प्रेस क्लबको आयोजनामा तथ्यजाँच तालिम

Share :

बुधबारे । झापाको बुद्धशान्तिमा तथ्यजाँच सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ ।

बुद्धशान्ति प्रेस क्लबको आयोजनामा भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अथिती बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले गर्नुभएको थियो ।

तालिमका सहभागीलाई तथ्यजाँच सम्बन्धि काम गरिरहेको नेपाल तथ्यजाँचका सम्पादक उमेश प्रधानले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।


तालिममा समाचार या कुनै पनि विषयमा सत्यतथ्य जाँचको आवस्यकता र तथ्यजाँचको विधि र प्रक्रियाको विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

बुद्धशान्ति गाउँपालिकाको वडान नम्बर ३ मा रहेको ग्रीन रिसोर्टको सभाहलमा भएको तालिममा करिब ३५ जना पत्रकार तथा सन्चारकर्मीहरुले सहभागिता जनाएका थिए ।

तालिमको समापन समारोहमा सहभागी पत्रकार लिलाराज झापाली, भुमिका फियाकले तालिम अत्यन्तै प्रभावकारी भएको धारणा राख्नुभएको थियो ।

प्रेस कल्बका अध्यक्ष आयुस निरौलाको अध्यक्षतामा सन्चालन भएको तालिमको उद्घाटन सत्रमा प्रेस क्लबका निवर्तमान अध्यक्ष तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर-१ का वडाअध्यक्ष अनिल वाग्ले, गाउँपालिका अध्यक्ष मनोज प्रसाई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तालिमको उद्घाटन र समापन कार्यक्रमको संचालन क्लबका उपाध्यक्ष बिस्णु लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय