अर्जुनधारामा कुकुर बन्ध्याकरण र रेविजविरुद्ध खोप शिविर सञ्चालन

Share :

विर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा रेविज रोगविरुद्ध खोप तथा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सोमबारदेखि सुरु भएको छ । कोरोना भइरसको प्रकोपका कारण संचालन हुन नसकेको शिविर यो बर्ष पुनः सञ्चालन भएको हो ।

पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा प्रत्येक बर्ष भइरहेको शिविर गत दुई बर्ष संचालन हुन सकेको थिएन् । पोखराको हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपालसँगको सहकार्यमा सुरु गरिएको शिविरको नगर उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गर्नुभयो ।


कार्यक्रममा हार्ट नेपालका सञ्चालक खगेश्वर शर्मा भट्टराईले रेविज रोगको नियन्त्रणलागि हार्ट नेपालले खेलिरहेको भुमिकाको बिषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा १० नम्बर वडाका वडाअध्यक्ष तथा नगरपालिकाका प्रवक्ता भूपेन्द्र न्यौपाने र ३ नम्बर वडाका वडाअध्यक्ष सीताराम भट्टराईले नगरभित्र देखिएका सामुदायिक कुकुरहरुका कारण उत्पन्न समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

अर्जुनधारा नगरपालिकामा सामुदायिक कुकुरहरुमा देखिने रेविज रोगका कारण पशु चौपायको मृत्युसंगै मानविय क्षति समेत भएका कारण शिविर सञ्चालन गरिएको शाखा प्रमुख पदमलाल राईले बताउनु भयो ।

भदौ ३० गतेसम्म सञ्चालन हुने शिविरमा हार्ट नेपालका पशु चिकित्सकहरुले कुकुरहरुको बन्ध्याकरण गर्नेछन् । शिविरमा पहिलो दिन सोमबार अर्जुनधारा ६, ८ र ९ नम्बर वडा, दोस्रो दिन १० र ११ नम्बर वडा, तेस्रो दिन ४, ५ र ७ नम्बर वडा र ३० गते चौथो दिन १, २ र ३ नम्बर वडाहरुबाट सामुदायिक कुकुर संकलन गरी पशुपंक्षी तथा मत्स्य विकास शाखाको प्राङ्गणमा संचालन भएरहेको शिविरमा ल्याएर बन्ध्याकरण गरिने बताइएको छ ।

यो पटक संचालन गरिएको शिविरमा दुई सय वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिएको बताइएको छ । शिविरमा घरपालुवा तथा सामुदायिक कुकुरहरुलाई रेविज रोगविरुद्धको खोप पनि दिइनेछ । यसअघि लगातार ३ बर्ष सम्म सञ्चालन गरिएको शिविरमा करिब ७ सय कुकुरको बन्ध्याकरण गरिएको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय