अर्जुनधारा सचेत युवा समूहद्वारा खुदुनाबारीमा जेब्रा क्रस निर्माण

Share :

खुदुनाबारी । अर्जुनधारा सचेत युवा समूहले खुदुनाबारी बजारका बिभिन्न स्थानमा जेब्रा क्रस निर्माण गरेको छ ।

अर्जुनधारा नगरपालिकाको साविक खुदुनाबारी गा.वि.स. अन्तर्गत पर्नेे फाल्गुनन्द चौक र खुदुनाबारी बजारको मुख्य सडक आसपासमा रहेका बिद्यालयहरुलाई लक्षित गरि शनिबार जेब्रा क्रस निर्माण गरिएको समुहका कोषाध्यक्ष महमद पप्पुले जानकारी दिनुभयो ।

सवारी चाप बढेसगै बिद्यालय र बजार क्षेत्रमा बाटो काट्दा जोखिम हुने गरेकाले ट्राफिक प्रहरी पोष्ट शनिश्चरेसंगको सहकार्यमा जेब्रा क्रस निर्माण गरिएको बताइएको छ ।


“ट्राफिक नियम पालना गरौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ” भन्ने नाराकासाथ उक्त कार्य सम्पन्न गरेको हो ।

युवाहरुलाई एकबद्ध गर्दै सामाजिक कार्यमा सरिक गराउने र सजग बनाउने उदेश्यकासाथ केही समय अघि अर्जुनधारा सचेत यूवा समूह गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय