अर्जुनधाराको हलुवागढ सामुदायीक वनले पायो नयाँ नेतृत्व

Share :

अर्जुनधारा । विभिन्न आन्तरकि द्धवन्दका कारण दुई बर्षभन्दा लामो समयदेखि संस्था संचालनमा अन्योलता खेपिरहेको अर्जुनधारा नगरपालिकाको हलुवागढ सामुदायीक वन तथा उपभोक्ता समितिले नयाँ नेतृत्व पाएको छ ।

मंगलबार संस्थाको कार्यलय परिसरमा आयोजित घोषणासभा तथा सपथ ग्रहण कार्यक्रमकाबिच हलुवागढ सामुदायीक वन तथा उपभोक्ता समितिको नयाँ कार्यसमितिमा अध्यक्ष देउनारायण राईसहित पदाधीकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएको घोषणा गरिएको हो ।

सामुदायीक वनको नेतृत्व छनोटमा लामो समयको प्रयासपछि गत साउन १३ गते सहमति जुटेपछि निर्वाचन नगराई सर्वसम्मत नेतृत्व छनोट गरिएको हो । हलुवागढ सामुदायीक वनको नयाँ कार्यसमितिको उपाध्यक्षमा बुद्धकला फुयल ढकाल, सचिवमा ओम बहादुर तोलाङ्गी, सहसचिवमा राम बहादुर फागो र कोषध्यक्षमा पुजा लिम्बु सर्वसम्मत चयन हुनु भएको निर्वाचन समितिका संयोज तथा अर्जुनधारा नगरपालिका वडा नम्बर १ का वडासदस्य मदन कुमार लिमेल मगरले जानकारी दिनुभयो ।


त्यस्तै कार्यसमिति सदस्यहरुमा अस्मिता चापागाई, लिलादेवी रामदाम, युवराज आचार्य, बालकुमार लिम्बु, विष्णु कुमार तामाङ, रोशन मिश्र, मिरा आचार्य र निरु शिवा चयन हुनु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार नै सपथग्रहण गराईएको छ । उनिहरुलाई निर्वाचन समितिका संयोजक मदन कुमार लिमेल मगरले सपथ खुवाउनु भएको थियो । त्यस्तै नवनिर्वाचित कार्यसमितिलाई मंगलबारनै प्रमाण–पत्र समेत बितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र बिषेश अतिथि अर्जुनधारा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उपेन्द्र बस्नेतले प्रमाण–पत्र बितरण गर्नुभएको थियो ।

सपथ ग्रहणपछि उपभोक्ताहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष देउनारायण राईले वन संरक्षण र विकासको क्षेत्रमा आर्थीक पारदर्शितालाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो । उहाँले सामुदायीक वनले गरिरहेको पर्या–पर्यटन पूर्वधार विकास र गरिबी निवारण लगायतका कार्यक्रमहरुलाई प्राथमिकताकासाथ निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।

निर्वाचन समितिका संयोजक मदन कुमार लिमेल मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निर्वाचन समिति सदस्य समेत रहनु भएका सव–डिभिजन वन कार्यलय कनकाई सुरुङगाका रेन्जर राजेश घिमिरे र सामुदायी वन नगरमहासंघ अर्जुनधाराका अध्यक्ष दिव्य कट्टेल, नेकपा एमालेका खड्गबहादुर गोले, नेपाली काँग्रेसका बुद्ध बोहोरा, माओवादी केन्द्रका वीजेन्द्रकुमार एक्तेन, राप्रपाका सुरेन्द्र आचार्य, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र प्रसाईं, वन उपभोक्ता महासंघ झापाकी सदस्य विनिता थापा, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका रामबहादुर कार्की, युवा व्यवसायी तथा उपभोक्ता विजय सेन्दाङ, मंगोल नेशनल अर्गनाइजेशनका मणिराज लिम्बू, सिंहदेवी माविका प्र.अ.लक्ष्मी रिजाल, समूहका पूर्वअध्यक्ष चक्रबहादुर तामाङ, वडाअध्यक्ष उपेन्द्र बस्नेत, उपमेयर खड्गमाया पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

नयाँ कार्यसमिति आएपछि करिब अढाइ वर्षदेखि ठप्प रहेको समूहको गतिविधि चलायमान हुने अपेक्षा लिइएको छ । २६४ हेक्टर क्षेत्रफल ओगटेको हलुवागढ सामुदायीक वन समूहमा ५८५ जना उपभोक्ता छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय