शान्ति सामुदायीक वनद्वारा १२ घर उपभोक्तालाई नि:शुल्क काठ बितरण

Share :

अर्जुनधारा । शान्ति सामुदायीक वन तथा उपभोक्ता समुह अर्जुनधाराले विपन्न उपभोक्ताहरुलाई नि:शुल्क काठ बितरण गरेको छ ।

अर्जुनधारा नगरपालिकाको २ नम्बर वडा अन्तर्गत रहेको समुहले संस्थाको बार्षीक निति तथा कार्यक्रमअन्तर्गत आज एक कार्यक्रमको आयोजना गर्दै घर निर्माण गर्न उपभोक्ताहरुलाई काठ बितरण गरेको हो ।

वन समितिले उपभोक्ताहरुको सहजताका लागि यो बर्ष आफैं काठ चिरान गरि संस्थाको कार्यलय परिसरबाटै बितरण गरेको हो । संस्थाको उपभोक्ता क्षेत्रमा रहेका १२ वटा टोलबाट आवश्यक्ताका आधारमा एक एक जना विपन्न उपभोक्ता छनोट गरि नि:शुल्क काठ बितरण गरिएको वन समुहका सहसचिव प्रेम उपरकोटीले जानकारी दिनुभयो ।


यो बर्ष वन समुहले १ सय ५ क्युफिट काठ १२ जना उपभोक्तालाई बितरण गरेको हो । गरिबी निवारणमा संस्थाको दायीत्व अन्तर्गत यो आर्थीक बर्षमा ७० हजार मुल्य बराबरको काठ बितरण गरिएको वन समुहका कोषाध्यक्ष खगेन्द्र कोइरालाले जानकारी दिनुभयो ।

समुहका उपाध्यक्ष मनकुमारी संजेल, सचिव भिमा देवि ढकाल, सहसचिव प्रेम उपरकोटी र कोषध्यक्ष खगेन्द्र कोइरालाले उपभोक्ताहरुलाई काठ बितरण गर्नुभएको थियो । समुहले उपभोक्ताहरुले पाएको चिरान गरिएको काठ घरघर सम्म नै नि:शुल्क पुर्याइदिएको छ ।

सामुदायीक वनले बार्षीक आम्दानीको ३५ प्रतिशत गरिबि निवारणमा खर्च गर्नुपर्ने प्रावधान रहेको छ । जस अन्र्तगत शान्ति सामुदायीक वनले काठ बितरण, सिलिन्डर ग्यास बितरण लगायतका अन्य बिभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय