झापा २ प्रदेश (ख) मा एमालेबाट हरिकुमार रानासहित ४ जनाको नाम सिफारिस

Share :

अर्जुनधारा । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एमालेले उम्मेदवार सिफारिस गर्न थालेको छ ।

झापा क्षेत्र नम्बर २ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट प्रत्यक्षतर्फ नेकपा एमालेले चार जनाको नाम सिफारिस गरेको छ ।

नेकपा एमाले क्षेत्रिय कमिटी क्षेत्र नम्बर २ (ख) को आज बसेको बैठकले चार जना उम्मेद्वारको नाम सिफारिस गरेको नेकपा एमाले अर्जुनधारा नगर कमिटी उपाध्यक्ष लोकमान श्रेष्ठले जानकारी दिनुभयो ।


झापा क्षेत्र नम्बर २ (ख) बाट हरिकुमार राना, चिन्तन पाठक, रोहित ढकाल र देवीमाया भट्टराई प्रत्यक्षतर्फ सिफारिस हुनुभएको छ ।

हरिकुमार राना हाल पार्टीका प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने उहाँ अर्जुनधारा नगरपालिकाका निवर्तमान मेयर समेत हुनुहुन्छ।

चिन्तन पाठक पार्टीका प्रदेश कमिटी सचिव, रोहित ढकाल जिल्ला कमिटी सदस्य र देविमाया भट्टराई जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
3
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय