बिहानी टोल सुधार समितिको छैटौ साधरणसभा सम्पन्न

Share :

विर्तामोड । बिहानी टोल सुधार समितिको छैटौ साधरणसभा सम्पन्न भएको छ । समितिका अध्यक्ष गोपाल चुडालको अध्यक्षता तथा अर्जुनधारा वडा नम्बर ६ का वडा अध्यक्ष हरिश्च्न्द्र बास्तोलाको प्रमुख आतिथ्यतामा साधरणसभा सम्पन्न भएको हो ।

अर्जुनधारा नगरपालिका वडानम्बर ६ लाई आफ्नो कार्यक्षेत्र बनाएर २०७० सालदेखि सामाजिक कार्य गर्दै समाजमा सद्भाव बिकास गर्दै आएको संस्थाको छैटौ साधरणसभाले संस्थाका अध्यक्ष गोपाल चुडालले प्रस्तुत गरेको कार्य प्रगती प्रतिवेदन र कोषाध्यक्ष दिपेन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

साधरणसभाले संस्थाको बिधान संसोधन गर्ने अख्त्यारी सहित सचिव मदन ओलीको नेतृत्वमा विधान संशोधन समिती गठन गरेको छ । साथै सरकारी र गैर सरकारी संस्था सङ्ग समन्वयमा कार्यक्रम गर्न प्रस्तावना गर्ने निर्णय गरेको छ ।


साधरणसभाको अबसरमा बिहानी टोल भित्रका एकल महिलाहरुलाई सम्मान समेतगरिएको टोल सुधार समितिका सचिव मदन ओलीले जानकारी दिनुभयो ।

साधरणसभामा बिहानी युवा कल्बले रक्तदान कार्यक्रम पनि गरेको थियो । उक्त रक्तदान कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको युवा कल्बका सचिव लोकेश आचार्यले जानकारी दिनु भयो।

सचिव मदन ओली र सह सचिव दिवाकर पौडलले सञ्चालन गरेको कार्यक्रममा बरिस्ठ उपाध्यक्ष गोमा देवि लुइँटेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

संस्थापक अध्यक्ष लक्ष्मी निरौला, पुर्व वडा सदस्य लक्ष्मी दंगाल महतारा, हालका वडा सदस्य टुम्मनाथ काफ्ले, परणामी युवा परिषद जिल्ला अध्यक्ष टहलदास ओली र प्रमुख अतिथी हरिश्चन्द्र बास्तोलाले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय