निजी विद्यालयलाई लगाइएकोे दोहोरो कर हटाउन प्याब्सन झापाको माग

Share :

विर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) झापाले निजी विद्यालयहरुलाई लगाइदै आएको दोहोरो कर हटाउन माग गरेको छ ।

शुक्रबार प्याब्सन झापाको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्याब्सन झापाले निजी विद्यालयहरु कम्पनी अन्तर्गत दर्ता हुने र सोही अन्तर्गत कर तिरिरहेकोमा पछिल्लो समय स्थानीय पालिकाहरुले समेत कर लगाएको भन्दै दोहोरो कर अन्त्य गर्न माग गरेको हो ।

प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले कम्पनी अन्तर्गत कर तिरिरहेका विद्यालयहरुलाई पछिल्लो समय गाउँ÷नगर पालिकाले पनि गाउँ/नगर सभाले गरेको निर्णयको आधारमा कर तिर्न बाध्य पारेको बताउनुभयो । उहाँका अनुसार प्रत्येक पालिकाको निर्णयको आधारमा बेग्लाबेग्लै दररेटमा ब्यवसाय कर निर्धारण गरिएको छ ।


कोरोना संक्रमणका कारण निजी विद्यालयहरु आर्थिक रुपमा शिथिल बनेको बताउँदै उहाँले दोहोरो कर नलगाउन आग्रह गर्नुभयो । प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले यातायात ब्यवस्था कार्यालयमा कर तिरेका विद्यालयका सवारी साधनले गाउँ/नगर पालिकैपिच्छे पटके कर तिर्नुपरेको बताउँदै दोहोरो कर हटाउन माग गर्नुभयो ।

नीति बनाउने तर कार्यान्वयन नगर्ने सरकारको कम्जोरीका कारण निजी विद्यालयहरुले थुप्रै समस्या भोगिरहेको प्याब्सन झापाको दावी छ । झापामा मात्रै प्याब्सन अन्तर्गत रहेका ३ सय ४२ विद्यालयहरुले शिक्षा क्षेत्रमा १२ अर्ब ९६ करोड बढी लगानी गरेको प्याब्सन झापाले जानकार िदिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय