इण्डिगो पेन्ट्स प्रा.लि.द्वारा बिर्तामोडमा सहयात्री पेन्टर भेटघाट

Share :

विर्तामोड । इण्डिगो पेन्ट्स प्रा.लि.काठमाडौंले झापाको बिर्तामोडमा सहयात्री पेन्टर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्ना उत्पादनहरुबारे पेन्टरमार्फत ग्राहकहरुलाई जानकारी गराउने उद्धेश्यले सहयात्री पेन्टर भेटघाट कार्यक्रम गरिएको कम्पनिका सेल्स म्यानेजर अनन्तप्रसाद पौडेलले जानकारी दिनुभयो ।


२०६६ सालदेखि इण्डिगो पेन्ट्स बजारमा विक्री गरिरहेको बताउँदै उहाँले नेपालको गुणस्तर चिन्ह प्राप्त इण्डिगो पेन्ट्सले ग्राहकहरुको मन जित्न सफल भएको बताउनुभयो ।

सहयात्री पेन्टर भेटघाट कार्यक्रममा झापा जिल्ला भरिका २० वटा भन्दा वढी डिलर र ५० जना भन्दा वढी पेन्टरहरुको सहभागिता रहेको इण्डिगो पेन्ट्सका प्रदेश नं. १ डिस्ट्रिव्यूटर्स न्यू पाथीभरा ट्रेड एण्ड सप्लायर्सका सञ्चालक दिनेश कार्कीले जानकारी दिनुभयो ।

इण्डिगो पेन्ट्समा अहिलेसम्म कुनै समस्या नआएको बताउँदै उहाँले ग्राहकको समेत रोजाईमा पर्दै गएको बताउनु भयोे ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय