नेपाल आदिवासी जनजाति महासंघ झापाको सातौं जिल्ला अधिवेशन सम्पन्न

Share :

विर्तामोड । नेपाल आदिवासी जनजाति महासंघ झापाको सातौं जिल्ला अधिवेशन झापाको बिर्तामोडमा भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गर्नुभएको थियो ।

अधिबेशन उद्घाटनअघि आदिवासी जनजातिको साँस्कृतिक भेषभुषा र झाँकीसहितको र्यालीले बिर्तामोड बजार परिक्रमा गरेको थियो । आदिवासी जनजातिको मौलिक नृत्य प्रदर्शनसहित लाखें समेत प्रस्तुत गरिएको थियो ।


आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासंघका संघीय परिषद उपाध्यक्ष लरुमाया जिमी ,नेपाली कांग्रेस झापाका सभापति देउमान थेबे, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देन, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, महासंघका पूर्व संघीय सचिव नित्यानन्द ताजपुरिया, जनता समाजवादी पार्टीका अध्यक्ष दिपेनवाला राई, किरात राई यायोख्खाका जिल्ला सचिव केवलराम राई, राष्ट्रिय महिला महासंघ झापाकी अध्यक्ष माया गुरुङ, आदिवासी सन्थाल संघका पूर्व अध्यक्ष बडाराम हेमरम, नेपाल मगर संघका जिल्ला अध्यक्ष जगत राना मगरलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । महासंघका जिल्ला उपाध्यक्ष पाण्डवलाल चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव वीरेन मेचेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय