झापामा देशकै पहिलो धामी–झाँक्री सम्मेलन हुने

Share :

विर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक धामी–झाँक्री सम्मेलन हुने भएको छ । नेपाल राष्ट्रिय धामी वैद्य संघले आज विर्तामोडमा पत्रकार सम्मेलन गर्दै यही भदौ १८ गते शनिबार बिर्तामोड स्थित अतिथि सदनमा सम्मेलन हुने जानकारी गराएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा हुने सम्मेलनमा नेपाल भरका विभिन्न जिल्लाका करिव १ सय ५० जना धामी–झाँक्रीहरुले झाँकी समेत प्रर्दशन गर्ने बताईएको छ । सम्मेलनमा ४० भन्दा धेरै महिला धामी–झाँक्रीहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष सिताराम पुरीले बताउनु भयो । संघले गैरसरकारी संस्थाबाट आयोजना भएको सम्भवत यो नै देशको पहिलो धामी–झाँक्री सम्मेलनन हुने बताएको छ ।

सम्मेलनमा नेपाली धामी–झाँक्री सँस्कृति र परम्परागत उपचार पद्धतिको बिषयमा तयार पारिएको पुस्तक पनि लोकार्पण गरिने आयोजकले जनाएको छ । सम्मेलनको दिन १८ गते बिहान ७ बजे कनकाई नदीमा झाँक्रीहरुको सामूहिक स्नान हुने, बिहान ९ बजे अतिथि सदन विर्तामोडमा सम्मेलन उद्घाटन र झाँकी प्रर्दशन हुने, ११ बजे धामी–झाँक्री सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने र बेलुका ४ बजे दोख–दोखालो र ग्रह दशा मन्साउने विधि रहेको नेपाल राष्ट्रिय धामी वैद्य संघका सचिव रोशन भेटवालले जानकारी दिनुभयो ।


पत्रकार भेटघाट कार्यक्रममा संघका उपाध्यक्ष चित्रकला बास्तोला, उपाध्यक्ष खडानन्द अधिकारी, भोला बास्तोला, प्रदिप पुरी, सृजलाल चौधरीलगायतको उपस्थिति रहेको थियो । सम्मेलनमा धामी–झाँक्रीको संरक्षण र प्रर्वद्धन गर्न र यस विधामा पछिल्लो समयमा देखिएको विकृति विसंगतीलाई हटाउन तथा परम्परागत उपचार पद्धतिलाई अझ प्रभावकारी बनाउने लगायतका विषयमा अन्तरक्रिया समेत हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय