लायन्स क्लब अफ बिर्तामोड सिटिद्वारा बिध्यार्थीलाई एक हजार कपि तथा स्टेशनरी वितरण

Share :

प्रकाश बानियाँ, झापा । लायन्स क्लब अफ बिर्तामोड सिटिले मेचीनगर नगरपालिकाको भानु आधारभुत बिद्यालयका बिध्यार्थीलाई एक हजार कपि तथा स्टेशनरी वितरण गरेको छ ।

आज एक कार्यक्रमकाबिच लायन्स क्लब अफ बिर्तामोड सिटिले बिध्यार्थीलाई एक हजार कपि तथा स्टेशनरी वितरण गरेको हो ।

क्लबका प्रेसिडेन्ट मनोज बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स् क्लब अफ इन्टरनेशनल नेपाल डिस्ट्रिक ३२५ सि का क्याविनेट सेक्रेटरी लायन लिला प्रसाद चिमरियाको प्रमुख आथिथ्यता रहेको थियो ।


प्रेसिडेन्ट मनोज बानियाँले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि चिमरियाले लायन्सको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा बिध्यालयका प्रध्यानाध्यापक खेम राज खनाल र समाजसेवी पूर्ब प्र.अ. हरिचरण बानियाँले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम संचालन क्लबका उपाध्यक्ष उपेन्द्र बानियाँले गर्नु भएको थियो ।

कार्यक्रममा लायन्स क्लब ३२५ सि का रिजन चियर प्रर्सन निरज कुमार ओली र जोन चियर प्रर्सन घनश्याम चौधरीको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय