दुई मन्त्रालयमा ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

Share :

काठमाडौं । सरकारले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै उनले दुबै मन्त्रालयमा आर्थिक वर्ष ०७९र८० का आयोजना सञ्चालन गर्न राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी थप गर्ने निर्णय भएको हो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय