खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा महिला फुटबल प्रतियोगित हुने

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

अर्जुनधारा नगरपालिका ३ मा रहेको प्राकृतिक खेल मैदानमा संचालन हुने प्रतियोगितामा प्रदेश १ का ८ वटा टिम सहभागी हुने छन् । खेल मैदानमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी गराइएको हो ।

स्थानीय च्यारिटी युथ क्लब (सीवाईसी) ले आयोजना गर्ने प्रतियोगितामा जुनतारा महिला फुटबल क्लब सहआयोजक रहेको छ ।


प्रतियोगितामा उदयपुर, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङको टिम सहभागी गराउने तयारी भइरहेको प्रतियोगिताका खेल संयोजक याम खवासले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ र ट्रफी पाउने आयोजकले बताएको छ । प्रतियोगिताको उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफी पाउने छ ।

प्रतियोगिता समपन्न गर्न १४ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकप को तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन हुने भएको हो ।

यसअघि सीवाईसीको आयोजनामा २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकप सम्पन्न भइसकेको छ ।

दसैँ पर्वलाई लक्षित गरेर संचालन हुने फुटबल प्रतियोगिता आगामी असोज ७ गतेबाट सुरु हुने प्रतियोगिता मुल आयोजक समितिकी संयोजक हिमा मगरले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फूलपातीको दिन हुने छ । महिला खेलकुदका गतिविधि नभइरहेको अवस्थामा महिला खेलाडीलाई प्रोत्साहन दिँदै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।

पत्रकार सम्मेलनमा अर्जुनधारा ३ नम्बर वडाका अध्यक्ष सीताराम भट्टराईले महिलाहरुको हक हितसँगै खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर आयोजना गरिएको प्रतियोगितालाई सक्दो सहयोग गर्ने बचन दिनुभयो ।

त्यस्तै, अर्जुनधारा नगर कार्यपालिकाकी सदस्य चन्द्रा तामाङ, जुकेखाडी सामुदायिक वनका पर्यटन उपाध्यक्ष दिपक दुलाललगायतले आफ्ना भनाइ राख्नु भएको थियो।

प्रतियोगिता सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल आयोजक समिति गठन गरि जिम्मेवारी बाँडफाँड गरिएको बताइएको छ।

हिमा मगरको अध्यक्षतमा गठित समितिको उपाध्यक्षमा सुर्य इम्बुङ व्यवस्थापन संयोजक, याम खवास खेल तथा कार्यक्रम संयोजक, सचिव लिला बल्लभ खतिवडा आर्थिक संयोजक, सहसचिवमा तेजमाया राई अतिथि सत्कार संयोजक र सन्ध्या रिजाल स्वयं सेवक परिचालनमा रहनु भएको छ ।

यस्तै, अनुगमन संयोजकमा शुक्रराज (दिपक) दुलाल, लेखा संयोजकमा कञ्चन काफ्ले, सल्लाहकार संयोजकमा ढुण्डिराज गौतम र प्रचार प्रसार संयोजकमा युवराज चाँपागाई, तथा सांस्कृतिक संयोजकमा साजन तामाङ रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय