डिकमान बिरही वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कार शिवाकोटीलाई, उदयीमान बिष्णु र गंगा लाई

Share :

बिर्तामोड । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार बिरही स्मृती बर्ष उत्कृस्ट पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार भीमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ ।

पुर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको पांच सदस्यीय पुरस्कार छनौट समितिको निर्णय अनुसार शाखाका अध्यक्ष भूमिका लिम्बु फियाकको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले उक्त पुरस्कारबाट शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बिगत २०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पुर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत हुनुहुन्छ।


आगामी साउन २७ गते महासंघको २३ औं स्थापना दिवसको सन्दर्भमा प्रदान गरिने उक्त पुरस्कारको राशी नगद २५ हजार रुपैंया सहित ताम्रपत्र रहेको छ ।

त्यस्तै उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्बाददाता बिष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगा माया बेघा लिम्बूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशी जनही पांच हजार सहित प्रसंशा पत्र रहेको छ ।

२०६६ सालमा स्थापना भएको डिकमान बिरही वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कारबाट यस अघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, भिम नेम्वाङ, माधब बिद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय