भारतीय प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

Share :

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् ।


प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

५९ वर्षीय प्रशिक्षक प्रभाकरले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् ।

यस्तै उनले दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसियनलाई रणजी ट्रफी जितेका थिए ।

मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय