गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकमा कृष्णप्रसाद सिटौला

Share :

काठमाडौं । सत्तारुढ गठबन्धनको चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा प्रस्ताव तयार पार्न गठित कार्य दलको संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चयन हुनुभएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजन गर्ने जिम्मेवारी कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरेको हो ।

कार्य दलको बैठकको संयोजन गर्ने जिम्मेवारी सिटौलालाई दिने निर्णय गरिएको कांग्रेस नेता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।


कार्य दलको अर्को बैठक यही श्रावण २६ गते अपरान्ह ४ बजे बोलाइएको छ । बैठकमा सबै दलका नेताहरूले चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा आ–आफ्ना दलका धारणाहरू प्रस्तुत गरेका थिए ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढने विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय