मोटरसाइकलबाट लडेकी अर्जुनधाराकी बृद्धाको मृत्यु

Share :

अर्जुनधारा । छोराले चलाएको मोटरसाइकलमा पछाडि सवार झापा अर्जुनधारा नारायणचोककी एक बृद्धाको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिकाको नारायणचोक र बुद्धशान्ति गाउँपालिकाको जयपुरचोक जोड्ने सडक खण्डमा आज अपराह्न ५ बजे भएको सवारी दुर्घटनामा परी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो ।

आफ्नै छोरा अन्दाजी ४० वर्षीय सुमन कार्कीले चलाएको मोटरसाइकलको पछाडि सिटमा बसेकी वृद्धा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्तराज पाठकले जनाएका हुन् ।


बुद्धशान्ति २ स्थित रबर बगान नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । दुर्घटनाबाट वृद्धाको टाउकोमा चोट लागेको र तत्काल अर्जुनधाराकै शंकर हस्पिटल लगिए पनि उपचार सम्भव नभएर बिर्तामोड लगिएको प्रहरीले जनाएको छ ।

उपचारका लागि बिएन्डसी अस्पताल पुर्याइए पनि उपचार अगावै कार्कीको ज्यान गएको बताइएको छ । घटनापछि छोरा पनि बेहोस भएका कारण बिएन्डसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय