प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने सरकारको निर्णय

Share :

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने सहमति गरेका थिए ।


निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय